Feed

शान्ति जनकल्याण सहकारीमा लाखौं अनियमितता

  • गणेश निरौला

इटहरी/सुनसरी जिल्लामै गतसाल सम्म पनि उत्कृष्ट सहकारीको नाम स्थापित गर्न सफल भएको हाँसपोसा–२ तरहरामा रहेको एक सहकारी अहिले सेयरसदस्यहरुको घेराबन्दीमा परेको छ ।
तरहराको शान्ति जनकल्याण सहकारी सस्थाद्वारा शनिबार आयोजना गरिएको संस्थाको १४ औ साधारणसभा तथा अधिवेशनमा मरेका ब्याक्तिले संस्थाको ९३ लाख रुपैयाँ अनियमितता गरेको प्रतिबेदन सार्वजनिक भएपछि शेयरसदस्यहरुले साधारणसभा सकिए पश्चात भएको अधिवेशनमा समेत रोक लगाएका थिए ।
संस्थाका तत्कालिन ब्यवस्थापक भुपाल कार्कीको गत वर्षको फागुन १९ गते मृत्यु भएपश्चात बसेको शनिबारको साधारणसभामा सञ्चालक समितिका अध्यक्ष टिकादत्त बनले ९३ लाख रुपैयाँ सस्थामा अनियमितता भएको कुरा सार्बजानिक गरेपछि सेयरसदस्यहरुले त्यसको कडा प्रतिवाद गरेका थिए । कार्कीको मृत्यु हुनु भन्दा १ महिना अघि माघमा भएको सस्थाको १३ औ साधारणसभामा कुनै प्रकारको अनियमितताको बारेमा सार्बजानिक नगरी गुपचुप राखिनु र अहिले ब्यावस्थापक कार्कीको मृत्यूपश्चात अनियमितताको रहस्यद्घाटनले पनि सेयरसदस्यहरु माझ शङका उत्पन्न भएको हो ।
२०५२ सालमा स्थापित सो सहकारी सस्थाको सञ्चालक समितिमा रहेका केही पदाधिकारीहरुले छानबिन समितिले निकालेको बेरुजु ९३ लाख रकम मृत्यु भएका तत्कालीन ब्यवस्थापक कार्कीले नै अनियमितता गरेको दाबि गरेपछि सेयरसदस्यहरुले साधारणसभामा रकम हिनामिनाका बारेमा प्रतिबाद गरेका थिए । ब्यवस्थापक एक्लैैले सबै रकम अनियमितता नगरी सञ्चालक समितिकै केहि पदाधिकारीहरको मिलेमतोमा
जनकल्याण ........
अनियमिताता भएको साधारणसभामा बोल्ने सोही सहकारीका केहि ब्यक्तिहरुले साधारणसभामै चर्काचर्की गरेर दन्किएको आगोमा घिउ थपेका थिए ।
संस्थाकै प्रमुख सल्लाहकार टिकाप्रसाद ओझाले साधारणसभामा बोल्ने क्रममा नै ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भन्दै घुमाउरो पारमा अनियमितता भएको स्वीकार गरेपछि शेयरसदस्यहरु भmन आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
कार्कीको मृत्यू पश्चात उनले सो रकम अनियमितता गरेको भन्ने शनिबार सम्पन्न संस्थाको १४ औ साधारणसभामा अध्यक्ष टिका दत्त बनले प्रस्तुत गरकोे प्रतिबेदन मार्फत सार्बजानिक गरिएपछि शनिबार साझनै अधिबेशन स्थगित गरेर ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अम्बर बहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा इटहरी २ शान्तिनगरका गणेश केसी , इटहरीकै शैलेश बिष्ट , हा“सपोसा–२ का सुर्य दाहाल र तरहराकै केशब दाहाल रहेको सो सहकारी रहेका छन ।
उनले शनिबार साझ अबेर सम्म चलेको सो साधारणसभाले बस्नेतको कमिटिलाइ अधिकार सम्पन्न मानेर सो कमिटिले १ महिना भित्रमा प्रतिबेदन सार्बजानिक गरेपछि मात्र चुनाब हुने बताए ।

जग्गाको मूल्य निर्धारण आवश्यक

झापा/जमिनको मूल्य निर्धारण गरेर मात्र भूमिसम्बन्धी हदबन्दी नियम कार्यान्वयन गर्न सकिने झापाका राजनीतिक दल तथा किसान सम्बद्ध सङ्घसङ्गठनका प्रतिनिधिले सुझाव दिएका छन् ।
उनीहरूले वैज्ञानिक भूमिसुधारसम्बन्धी उच्चस्तरीय आयोगका प्रतिनिधिलाई मापदण्ड बनाएर मात्रै हदबन्दी कायम गर्नसमेत आग्रह गरे । आयोगले दोस्रो चरणको कार्यक्रमअन्तर्गत राजनीतिक दल र किसान प्रतिनिधिसँग राय–सुझाव लिएको हो । सरकारले घनेन्द्र बस्नेतको अध्यक्षतामा असोज २१ गते गठन गरेको आयोगले पहिलो चरणमा भूमिसुधारका लागि विभिन्न सङ्घसंस्थाले तयार पारेको सन्दर्भ सामग्री र तथ्याङ्क सङ्कलन गरी विज्ञहरूको समूहलाई बुझाइसकेको छ । यसअघि नै आयोगले विषयविज्ञ समूह गठन गरेको थियो । आयोगका सदस्य लक्ष्मीप्रसाद प्रसाइँको नेतृत्वमा झापा आएको टोलीलाई सुझाव दिने क्रममा उनीहरूले अब बन्ने नीति भूमि किनबेच अधिकारमाथि प्रतिबन्ध लगाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । उनीहरूले मालिक र मोहीबीचको विवाद अन्त्य नभएसम्म समस्या नसुल्झने दावीसमेत गरे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जोसुकैले आपूmखुसी सुकुम्बासीको दर्जामा राख्ने परिपाटीको विकास भएकाले त्यसको अन्त्य आवश्यक भएको सुझाव दिए । सहभागीले भूमिको पुनः वितरण नभएसम्म सामन्ती भूस्वामित्व अन्त्य हुन नसक्नेमा जोडसमेत दिए ।कार्यक्रममा अखिल नेपाल किसान सङ्गठनका राधा आचार्य, नेपाल किसान सङ्घका गोपाल भण्डारी, नेकपा (माले) झापाका सचिव प्रेम दाहाल, नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य देउमान थेवे, नेकपा (एमाले)का देवी बराल, भूमिअधिकार अभियान झापाका संयोजक टीकाराम मङ्ग्रान्ती लगायतले सुझाव प्रस्तुत गरेका थिए ।

पूर्वमै नमुना बन्यो शान्तीनगरी सामुदायिक वन

पवन विवश अधिकारी
तरहरा/बन जङगलको हेरबिचार गर्नु, लडेपढेका दाउरा तथा काठहरु बन समुहमा ल्याएर उपभोक्तालाइ बिक्रि बितरण गर्नु सामुदायिक बनहरुको दैनिकी हो । तर सुनसरीमा यस्तो सामुदायिक बन पनि रहेको छ जुन सामुदायिक बनले सदैब गरिब तथा पछाढि पारिएका मानिसहरुका लागि रोजगारीको माध्यम बन्दै दैनिक उनिहरु माझनै समर्पित हुने गरेको छ ।
बन जङगलको हेरबिचार गर्ने र लडेपढेका दाउरा तथा काठहरु बन समुहमा ल्याएर उपभोक्तालाइ बिक्रि बितरण मात्र गर्ने कार्य गर्दै आएका पुर्बका अधिकांस सामदायिक वनहरुलाई यो सामुदायिक वनले थालनी गरेको सकारात्मक कामले राम्रो सन्देश दिएको छ भन्दा अतियुक्ति नहोला ।
बहुमल्य जातका जडिबुटिहरु तथा उन्नत जातका बेमौसमी तरकारीका बोटबिरुवाहरु उत्पादन गरि सहुुलियत रुपमा नै उपभोक्तालाइ दिन थालेपछि यहाँका २ हजार बढि उपभोक्ताहरु लाभान्वित भएका छन ।
सुनसरीको इटहरी २ शान्तिनगरमा रहेको शान्तिनगरी सामुदायिक बनले यसरी उन्नत जातका तरकारीका बोट बिरुवाहरु उत्पादन गरी बिक्रि बितरण कार्य थालनी गरेपछि यहाँका उपभोक्ताहरुमा समेत अहिले बेमौसमी जातका तरकारी प्रति आर्कषण समेत बढेको पाइएको छ ।
सुनसरीका ६५ ओटा सामुदायिक बन मध्ये उत्कृष्ठ सामुदायिक बनको रुपमा यसैवर्ष जिल्ला बन कार्यलय सुनसरीले सम्मानित गरेको उक्त सामुदायिक बनले गरेको बिभिन्न सकारत्मक कार्यको यहाँका बासिन्दाहरुले मुक्त कण्ठले प्रशंसा गर्न थालेका छन । उक्त सामुदायिक बन समुहले बनजङगललाई हराभरा बनाउनका लागि जङगलका खाली ठाउँहरुमा बिभिन्न जातका बिरुवाहरु बृक्षरोपण समेत गर्दै आएको छ ।
बृक्षारोपणका साथै यस सामुदायिक बनको ७ सय २९ हेक्टर क्षेत्रफल मध्ये खालि रहेको ३ बिगाहा बढिजमिनमा बिभिन्न जातका बहुमल्य जडिबुटिहरु लगाएर आफनो आयसो्रतमा समेत बृद्दि गर्दै आएको छ ।
खाली जग्गामा पश्चिमको दाङको देउखरीबाट खरिद गरेर ल्याइएको तराई यार्सागुम्बा, चिराइतो , सेतो मसुली हाइबे्रड कुरीलो लगायतका बहुमल्य जडिबुटि समेतको उत्पादन गरि बिक्रि बितरण गर्न थालेपछि उक्त समुहको मात्र आयस्रोत बृद्धि भएको छैन कि त्यहाँ कार्यरत १
पूर्वमै नमुना.........
दर्जन बढि गरिब तथा पछाडि पारिएका मानिसहरुको समेत सहारा बन्न पुगेको छ अहिले शान्तिनगरी सामुदायिक वन समुह । बहुमूल्य जातका जडिबुटिहरु लगाएर आर्थिक उपार्जन गर्ने नौलो अभियान थालेर सफलता पाएपछि यसपाली भने उपभोक्ताको रुचि अनुसार बेमौसमी उन्नत जातका तरकारीका बिरुवाहरु आफैले ब्याड मार्फत उत्पादन गरि बेर्नाहरु बिक्रि गर्न समेत थालेपछि अहिले यहाँका उपभोक्ताहरु बेमौसमी तरकारी प्रति पनि रुचि देखाउन थालेका छन ।
सो समुहले उन्नत जातका तरकारीहरु बोडि, तिते करेला, फर्सि, बासमति घिरौला, बन्दाकोभि , खुर्सानी, प्याज, लसुन, काँक्रा लगायतका तरकारीका बेर्नाहरु आफैले बन समुहमा ब्याड मार्फत उत्पादन गरि सहुलियत रुपमा बिक्रि बितरण थालेपछि उपभोक्ताहरु बेमौसमी जातका तरकारी प्रति आर्कषण बढेको समुहका ब्यावस्थापक राजन रेग्मीले बताए ।
गत पौष २५ गते बिराटनगरमा रहेको कृषि भण्डार केन्द्रबाट २५ हजार बढि लगानी गरेर ल्याइएको सो जातका उन्नत तरकारीको बिउबाट बेर्ना उत्पादन गरि सहुलियत रुपमा उपभोक्तालाइ बिक्रि बितरण गर्दा पनि २५ देखि ३० हजार बढि मुनाफा हुने ब्यावस्थापक रेग्मीले दाबी गरेका छन् ।
तरकारी खेतिमा रुचि नभएका उपभोक्ताहरुलाइ पनि खेति गर्नका लागि प्रोत्साहन गरि घरैमा तरकारी खेति लाउन सक्ने बाताबरण बनाएर उपभोक्ताको आयस्तर उकास्न सक्ने रेग्मीले जानकारी दिएका छन ।महँगीले डाँडा काटि सकेको अवस्थामा आफुहरु यसरी समुहमै बढि उत्पादन लिन सकिने तरकारीका बेर्नाहरु उत्पादन गरेर बिक्रि बितरण गर्न थालेपछि धेरैले आफुले उत्पादन गरेको बेर्नाहरु लगेर ब्यावसाहिक रुपमा खेति थालिसकेको सो समुहका अध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिएका छन ।समुहले १५ हजार बढि उत्पादन गरेका तरकारीका बेर्नाहरु धेरै उपभोक्ताहरुले लगेका कारण फेरी अर्को चरणमा पनि यहि प्रकारका बेर्नाहरु उत्पादन गर्ने लक्ष्य समुहले राखेको बन हेरालु भलमान राईले बताएका छन ।समुहले बनकै १२ कठ्ठा खाली जग्गमा लगाएको अदुवाबाट पनि यसपालि बिक्रि बितरण गरि रामो्र फाइदा लिन सक्ने समुहका उपाध्यक्ष उत्तम राइले जानकारी दिएका छन । उनका अनुसार १० मन बढि अदुवा खालि जग्गमा रोपनि सो अदुवाबाट ५० मन बढि अदुवा उत्पादन गर्न सकिने छ ।सो समुहले पश्चिमको दाङबाट २ सय पचास पैति केजीले किनेर ल्याएको सेतो मसुलीबाट त झन अत्याधिक फाइदा भएको उपाध्यक्ष राइले बताएका छन । सुकेको १६ केजि सेतो मसुलीलाइ त आफुहरुले १७ सय प्रति केजिका दरले पनी बिक्रि गरेको समुहका अध्यक्ष नरबहादुरको धारणा रहेको छ । उनले आफुहरुले थालेको अभियान पुर्बका सामुदायिक बन मध्ये कसैले नगरेको कारण पनि आफुहरुले ठुलो सफलता पाएको दाबी गरेका छन ।
शरिरमा यौन शक्तिको कमि भएका र भिटामिन सरहको तागतबद्र्धक भएकाले आफना धेरै उपभोक्ताहरुले सेतो मसुली जडिबुटि प्रयोग गरेको उनको भनाई छ ।उनले जग्गा खाली राखेर बसेका उपभोक्ताहरुलाइ सेतो मसली लगाएर लगाउन समेत सल्लाह दिएका छन । जे होस उपभोक्ताहरुको आर्थिक उपार्जन गर्न र महँगीलाई केहि भएपनि नियन्त्रण गर्ने लक्ष्य राखेर शान्तिनगरी सामुदायिक बन उपभोक्ता समुहले थालेको अभियानको सबै बन समुहहरुले कदर गर्न आवश्यक रहेको छ ।

‘देशमा पुनः गृहयुद्ध निम्तन सक्छ’

विराटनगर/एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले तोकिएकै समयमा संविधान जारी नभएमा देशमा पुनः अर्को गृहयुद्ध निम्तन सक्ने बताउनुभएको छ । उहँले आफ्नो पार्टी व्यक्तिगत स्वार्थमा नभई देश र जनताको हितमा सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान संविधानसभाबाट संविधान लेखिनुपर्नेमा जोड दिनुभयो । डा. भट्टराईले शनिबार आयोजित नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको कोचिला राज्यसमितिअन्तर्गत झापा, मोरङ र सुनसरीका प्राध्यापकहरूको भेलाको उद्घाटन गर्दै जनताको अधिकार सुनिश्चित गर्ने संविधान आफूहरूले लेख्न चाहेको तर यसप्रति अन्य दलहरू उदासीन बनेको कारण संविधान लेखनमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले संविधानसभाबाट नै जनताको सङ्घीय गणतन्त्र लोकतन्त्रको स्थापना होस् भन्ने चाहना माओवादीको चाहनालाई अन्य संसदवादी दलहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी जेठ १४ गते संविधान जारी नभएमा देशमा सङ्कटकाल लगाउने षड्यन्त्र भएको आङ्शका व्यक्त गर्दै त्यसो भएमा देश र अहिलेका शासकवर्गका लागि घातक हुने चेतावनी समेत दिनुभयो । उहाँले देशमा द्वन्द्व निम्त्याउन देशी विदेशी शक्तिको चलखेलबाट देशलाई बचाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनेपर्ने आवश्यकता औँल्याउनुभयो । एनेकपा (माओवादी) का केन्द्रीय सचिव सिपी गजुरेलले जनता सङ्घीय गणतन्त्र स्थापना गर्नका लागि लडिरहेको उल्लेख गर्दै त्यो पूरा नभए आफ्नो पार्टीले सडक र सदनबाट सङ्घीयताका लागि कडा दबाब दिने आवश्यकता औँल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार भीमराज अधिकारीले पञ्चायती शासनकालदेखिको चलिआएको विश्वविद्यालयको पाठ्यक्रमलाई परिमार्जन गरी वैज्ञानिक र रोजगारी एवम् सीपमूलक बनाउनु पर्ने आवश्यकता रहेको र त्यसमा सबैको खाँचो औँल्याउनुभयो ।

राहत अझैपनि वितरण भएन

इटहरी/सरकारले जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध गराउर्दै आएको राहत दरवन्दी यस वर्षदेखि नदिने निर्णय गरेपनि अघिल्लो वर्ष वितरण गर्न बाँकी रहेको २१ वटा कोटा सुनसरीमा वितरण भएको छैन् ।
अघिल्लो वर्षको दरवन्दी असार मसान्त भित्रमा वितरण गरीसक्नुपर्नेमा शिक्षा मन्त्री रामचन्द्र कुसवाहाको ठाडो आदेशमा शिक्षा विभागवाट झण्डै ४० जनाले चिठी ल्याएर जिल्ला शिक्षा अधिकारी देवनारायण यादवलाई दवाव दिन थालेपछि वितरण नभएको हो । दातृ राष्ट्रको सहयोगमा सरकारलाई उपलब्ध गराउँर्दै आएको अघिल्लो वर्षको दरवन्दी वितरण गरिने भन्दा वढीले मन्त्रालयवाट सोझै चिठी ल्याएर जिशिअ यादवलाई दवाव दिनाले वितरण अन्यौलमा परेको जनाइएको छ ।
वाँकी राहत दरवन्दी कोटा वितरण गर्न राजनीतिक दल निकट एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले र मधेसवादी दलका शिक्षक संगठनले पनि दवाव दिईरहेका छन् । यद्यपी, जिशिअ यादवलाई मन्त्री कुसवाहाले आफनो कार्यकर्तालाई दरवन्दी उपलब्ध गराउन दवाव दिएकाले वितरण हुन नसकेको शिक्षा कार्यालले जनाएको छ ।
जिशिअ यादवले मन्त्री कुसवाहाको आदेशमा शिक्षा विभागवाट चिठी ल्याएर दवाव दिएको सहजै स्वीकार गरेका छन् । उनले भने, ‘मन्त्रीवाट जसले जे लेखेर ल्याएपनि अन्य समस्याले रोकएको हो । अब यस वर्षदेखि वितरण गरिने ‘पर चाइल्ड फ्न्ट’ उपलब्ध गराएपछि सँगै वितरण गरिनेछ ।’ सरकारले शिक्षक राहत दरवन्दी नदिने निर्णय गरेपछि यस बर्षदेखि विद्यार्थी संख्याको आधारमा रकम उपलब्ध गराउने भएको छ ।
जिल्लामा वितरण गर्न वाँकी रहेको कोटा मध्ये प्राथमिक तहको १२ वटा, निम्न माध्यमिक तहको ३ वटा र माध्यमिक तहको ६ वटा रहेको छ । अघिल्लो वर्ष जिल्लामा ९३ वटा शिक्षक राहत दरवन्दी कोटा वितरण भएको थियो ।
सो क्रममा पनि जिल्ला शिक्षा अधिकारीदेखि राजनीतिक दल निकट शिक्षक संगठनका प्रतिनिधीले मोटो रकम लिएर वितरण गरेको आरोप लागेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंहले केही कोटा मोटो रकम लिएर वितरण गरेको आरोप छ । उनले मोटो रकम लिएर केही दरवन्दी वितरण गरेकै कारण सरुवा भएर जाने क्रममा कार्यालयका कुनै कर्मचारीलाई जानकारी विना नै हिडेका जनाइएको छ । उनी भदौ पहिलो साता कार्यालयवाट सरुवा मिलाएर हिडेपनि एक सातापछि मात्र अन्य कर्मचारीले पत्तो पाएका थिए ।

शिक्षाप्रेमिहरु सम्मानित

हाँसपोशा/सुनसरीको हाँसपोसा गाबिसमा रहेको सबैभन्दा पुरानो बिद्यालय जनसहयोग उच्च माबिले बुधबार आफनो ४९ औ बार्षिकोत्सब तथा अभिभाबक दिबस मनाएको छ ।
बि स २०१८ सालमा स्वर्गिय नरसिह बहादुर बस्नेतले बिसनपुर प्राविबाट स्थापना गरेको यो स्कुलले हाल आएर निमाबि हुदै माबि, उच्च माबि र अहिले आएर स्नातकसम्मको अध्ययन गराउन सफल भएको छ ।
स्कुलको पा्रङगडमा आयोजित ४९ औ बार्षिकोत्सब तथा अभिभाबक दिबसका अवसरमा बोल्ने सम्पुर्ण बक्ताहरुले स्कुलले चाहे जत्तिकै प्रगति गर्न सफल भएको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले बिद्यालयले गरेका प्रगतिका कामहरुको प्रशंसा गर्नुका साथै उनिहरुले अहिलेको समयमा आधुनिक शिक्षाको टडकारो आवश्यकता रहेको कुरामा जोड समेत दिएका थिए ।
कार्यमका प्रमुख अतिथि एवम क्षेत्रिय निर्देशनालय धनकुटाका निर्देशक डिल्लिराम रिमालले समेत कुरामा जोड दिएका थिए । आगामी शिक्षा नीति कस्तो हुनुपर्छ भनेर सबै तह तप्काका मानिसहरुले ब्यापक बहस चलाउनुपर्ने आवश्यकता आएको समेत बताएका छन । निर्देशक रिमालले अहिले राजनैतिक दलहरुले शिक्षकहरुलाइ राजनैतिक दलको खोल ओढाएर बिद्यालयमा राजनिति गर्न थालेका कारण सामुदायिक बिद्यालयहरुको पढाइ खस्कदै गएको समेत आरोप लगाएका छन ।
सो कार्यक्रममा सुनसरीका जिल्ला शिक्षा अधिकारी देबनारायण यादबले अहिले अभिभाबकहरुले सामुदायिक बिद्यालय प्रति राखेको नकारात्मक भावना अझै पनि हटन नसकेको बताएका थिए ।
उनले सबै अभिभाबकहरुले नियमित रुपमा बिद्यालयमा आएर आफना छोरा छोरीको अनुगमन गरि बिद्यार्थिको पढाइ प्रगति बुझने गर्दापनि सामुदायिक बिद्यालयले रामो्र नतिजा ल्याउन सक्ने धारणा राखेका थिए ।
कार्यक्रममा उच्च माध्यामिक शिक्षा परिषदका बिराटनगर प्रमुख हरिषरण वाग्ले , शिक्षक युनियन सुनसरीका अध्यक्ष गोबिन्द प्रशाद मिश्र, शिक्षक सङघ सुनसरीका अध्यक्ष सत्यनारायण मेहता , शिक्षक अभिभाबक सङघका नगेश चन्द्र राइ ,शैक्षिक गणतान्त्रिक मञ्चका सुनसरीका अध्यक्ष भोजराज न्यौपाने लगायतले बोलका थिए ।कार्यक्रममा बिद्यालय स्थापना कालदेखि अहिले सम्म बिद्यालयका लागि उत्त्रृmष्ठ योगदान दिने १ दर्जन बढि शिक्षा पे्रमिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि एवम क्षेत्रिय निर्दैषक डिल्लीराम रिमालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सम्मानित हुनेहरुमा सस्थापक अध्यक्षका नरसिह बहादुर बस्नेतका छोरा यज्ञ बहादुर बस्नेत , बिद्यालय ब्यावस्थापन समितिका अध्यक्षहरु गढेश बहादुर श्रेष्ठ , थकन लाल चौधरी , रनहाङ देवान , लक्ष्मि खडका , पे्रम प्रशाद भट्टराइ , बिद्यालयमा उत्कृष्ठ योगदान दिने खेमराज दाहाल ,दिनेश चन्द्र गिरी , ज्ञान बहादुर खडका ,, भबिन्द्र शर्मा , रहेका छन । त्यस्तै सम्मानित अन्यमा बिसनपुर पा्रबिबाट जनसहयोग उच्च माबि सम्म ल्याइ पु¥याउन अतुलनिय सहयोग पु¥याउने गगा बहादुर गिरी ,सयन ध्वज राइ ,दिपक राइ , इन्द्र बहादुर लिम्बु ,जग्गादाताहरु ज्ञान बहादुर खडका , नरेन्द्र ढुङगेल तथा भवन निर्माण सयोजक राम प्रशाद राइ रहेका छन ।
कर्यक्रममा उच्च माबिमा सबैभन्दा बढि अङक ल्याइ उतिर्ण हुने ब्यावस्थापन तथा शिक्षा सङकायका प्रबेश घिमिरे तथा उज्वल सुबेदिलाइ समेत नगद रु २ हजारका दरले पुरस्किृत गरिएको थियो ।
बिद्यालयका सहायक पा्रचार्य मोहन दाहालले सञ्चालन गरेको उक्त कार्यक्रममा बिद्यालयकै पा्रर्चाय उमाकान्त शर्माले बिद्यालयको स्थापनाकालदेखिको गतिबिधि तथा बिद्यालयको आर्थिक ,भौतिक सम्रचनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रम बिद्यालयका ब्यावस्थापन समिति अध्यक्ष मणिराम गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कक्षा १ देखि कक्षा १२ सम्म हाल सो बिद्यालयमा झण्डै २ हजार बिद्यार्थिहरुले अध्ययन गरिरहेका छन ।
कार्यक्रममा बिद्यालयका सस्थापक अध्यक्ष एवम इन्जिनियर यज्ञ बहादुर बस्नेतले आफना स्वर्गिय बुबा नरसिह बहादुर बस्नेतको नाममा छात्रबृति कोष खडा गर्नै बचन समेत दिएका थिए ।

सिंहदेवी सहकारी दोस्रो बर्षमा प्रवेश

भवानीपुर/सुनसरीको हा“सपोसा ५ भवानिपुरमा रहेको सि“हदेबि कृषि शहकारी सस्था लिमीटेडले शनिबार आफनो पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
भवानीपुरको खेलमैदानमा सम्पन्न सो साधारण सभामा १६ लाख ३३ हजार ७ सय २६ रुपैया बराबरको आय ब्यय रकम प्रस्तुत गरिएको थियो ।
भवानिपुरका बयोबृध्द समाजसेबि टङकमान राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा शिब बहादुर बस्नेत , लाल बहादुर श्रेष्ठ , बद्रि कार्की , मिना श्रेष्ठ, ओम प्रशाद ओलि लगायतले बोल्नुभएको थियो ।
सस्थाका अध्यक्ष तिलचन्द दङगालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा श्रृण समिति सयोजक बद्रि कार्किले आर्थिक आयब्याय प्रस्तुत गर्नुका साथै सहकारीले हालसम्म गरेको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।
सस्थाकै दुर्गा पौडेलले सञ्चालन गर्नुभएको सो सहकारीमा १ सय २३ जना सेयरसदस्य रहेका छन ।
कषि कर्जा ,लघुबित्त कर्जा , शेयरधनि जमानत कर्जा , सवारीसाधन कर्जा लगायतका शिर्षकमा लगानी गर्दै आएको कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष तिलचन्द दङगालले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

भूपू विद्यार्थीहरु सम्मानित

बि. एन् शर्मा
धनकुटा/आँखिसल्लाको एक विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट गतसाल प्राप्त छात्रवृत्ति वितरण कार्यक्रम–२०६६ का अवसरमा आइतवार भुपू विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
श्री टपुदेवी माध्यमिक विद्यालयले प्राथमिक तहको ५० प्रतिशत छात्रा, दलित, अपाङ्ग र सिमान्तकृत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा प्रथम श्रेणीमा उत्तीर्ण पाँच भुपू विद्यर्थीहरुलाई फूलमाल, नगद र प्रसंसा–पत्र सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा विक्रम सम्वत २०६३ सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने दिनेश राई, २०६४ सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने मानबहादुर राई र प्रदीप राई तथा २०६५सालको एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने सन्ध्या राई र पवन राई छन् ।
निम्न माध्यमिक तथा माध्यमिक तर्फको गरिव तथा जेहेन्दार छात्रवृत्तिको रकमको विद्यालयले कक्षा शिशुदेखि कक्षा दशसम्मका अन्य सम्पूर्ण विद्यार्थीहरुलाई एकेक ओटा विद्यालय पोशाकका कपडा वितरण गरेको छ । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको राय अनुसार विद्यालयले यस पटक विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । कार्यक्रममा प्रधानाध्यापक आचार्यले शैक्षिक सुधार कार्यक्रम अन्तरगत हालै विद्यालयले अत्यन्तै राम्रो कार्यनीति ल्याएको जानकारी दिंदै त्यसले विद्यालय सुधारमा नयाँ आयाम थप्ने आशा व्यक्त गरे । शिक्षक निर्मलप्रसाद दाहालले बोल्दै सबै शिक्षक र अभिभावक मिलेर गएमात्र विद्यालयरे उद्धेश्य हासिल गर्न सक्ने बताए । स्वगत भाषणका क्रममा शिक्षक खड्गबहादुर भण्डारीले उच्च मा.वि. सञ्चालन गर्नका लागि आम समुदाय एकजुट भएर अगाडि बढ्न आग्रह गरे । व्यवस्थापन समितिका अध्यक्ष झनकलाल राईले विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुको औचित्य र आवश्यकता माथि प्रकाश पार्दै व्यवस्थापन समिति विद्यालयको नियमित अनुगमनमा लागिपर्ने बताए । सम्मानित विद्यर्थी दिनेश राईले विद्यालयले गरेको सम्मानले आफूहरुलाई आगामी अध्ययनमा थप उर्जा मिलेको उल्लेख गर्दै सबै शिक्षक, विद्यार्थी र अभिभावकहरु मिलेर विद्यालयको वातावरण बनाउँन अनुरोध गरे । चारसय बढी शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष झनकलाल राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिक्षक निर्मलप्रसाद दाहालले गरेका थिए ।

छापामाध्यमका पत्रकारहरु एकै थलोमा

श्रीजनमत समाचारदाता
चितवन/साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय संजालको आयोजनामा सम्पादक तथा प्रकासकहरुको राष्ट्रिय भेला चितवनको सौराहामा सम्पन्न भएकोछ। पुस २३ गते प्रधान मन्त्री माधवकुमार नेपालद्वारा उद्घाटित भेलामा पत्रपत्रिकाहरुको स्तरोन्नतीबारे व्यापक छलफल भयो । कार्यक्रममा उपस्थित देशभरका १५० सम्पादक प्रकाशकहरुले छापामाध्यमको भविस्य सुरक्षित राख्न के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने बारेमा व्यापक विचार विमर्श गरे । पत्रपत्रिकाको साजसज्जा,सन्दर्भ सामग्रीको विश्वसनियता एवं विविधता र व्यापकता प्रश्तुतिकरणको कलात्मकता तथा वितरण र बजार व्यवस्थापनका बारेमा प्राप्त सुझावहरुको आधारमा पत्रपत्रिकाहरुको स्तरोन्नती गर्ने प्रतिवद्धता सहभागिहरुले जनाएकाछन् ।
सम्पादक प्रकासकहरुको भेलाले साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय संजाललाई व्यापक र प्रभावकारी बनाउन यसलाई सम्पूर्ण छापामाध्यमको साझा संस्था बनाउने निर्णय गरेकोछ । त्यस निम्ति विधानमा संसोधन गरि नाम तथा अन्य सन्दर्भहरुलाई व्यवस्थित गरिएकोछ । संसोधित प्रावधान अनुसार साप्ताहिक ÷पाक्षिक पत्रिका राष्ट्रिय संजाल अव नेपाली छापामाध्यम राष्टिय संजालमा रुपान्तरित भएकोछ ।
संगठनका अध्यक्ष देवप्रकाश त्रीपाठीको सभापतित्वमा सम्पन्न भेलामा प्रधान मन्त्री माधव कुमार नेपालले सम्बोधन गर्दै सरकारी विज्ञापनलाई व्यवथित रुपमा वितरण गर्न समानुपातिक विज्ञापन लागु गर्न आफूले सम्बधित मन्त्रालयलाई निर्देशन गरिसकेको र यसको कार्यान्वयन चाँडोभन्दा चाँडो गरिने प्रतिवद्धता प्रकट गर्नु भयो । वहाँले वरिष्ट पत्रकारहरुको हितको निम्ति चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ व्यवस्था गरिएको स्मरण पनि प्रधान मन्त्रीले त्यस अवसरमा गर्नुभएको थियो । समारोहमा अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रधान मन्त्रीका सल्लाहकार रघुजी पन्त र वरिष्ठ पत्रकारहरु हरिहर विरही, गोपाल थपलिया, शम्भु श्रेष्ठ, कविर राणा,पत्रकार महासंंघका सभापति धर्मेन्द्र झा, पूर्व सभापति विष्णु निष्ठुरी, पत्रकार महेन्द्र विष्ट,मनऋषि धिताल र खिल बहादुर भण्डारी लगायतले सम्बोधन गर्नु भएको थियो ।

वर्ष१२, अंक-४९, आइतबार २०६६

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

वर्ष-१२, अंक-४६, आइतबार ७ गते असार २०६६

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

वर्ष- १२, अंक-४५, आइतबार, ३१ गते जेष्ठ, २०६६

श्रीजनमत साप्ताहिक डाउनलोड गर्नुहोस् ।
पृष्ठ १
पृष्ठ २

पृष्ठ ३

पृष्ठ ४
पृष्ठ ५
पृष्ठ ६

पृष्ठ ७
पृष्ठ ८

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.